गगनको सन्देश–कांग्रेसलाइ एकढिक्का बनाएर लाने तयारी, टिकट वितरण न्यायपूर्ण छ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले उम्मेदवार छनोटको अन्तिम तयारी भइरहेको बताएका छन् । आफ्नो भिडियो सन्देशमार्फत उनले उम्मेदवारहरूको सिफारिस पहिल्यैबाट भइसकेको हुँदा ती व्यक्तिहरूमध्येबाटै उम्मेदवार बनाउनु पर्ने अवस्था रहेको सङ्केत गरेका छन् । उनले नयाँ र पुराना दुवै प्रकारका उम्मेदवार पार्टीले छनोट गर्ने बताए ।
‘नयाँ र पुरानोको सन्तुलन र समावेशी गराउने प्रयास गरिरहेको छु । विशेष अवस्थामा आएको र उम्मेदवारको सिफारिस भइसकेको हुँदा हाम्रो हातहरू बाँधिएको छ, यो कारण र समयको चाप छ,’ उनले भनेका छन् । निर्वाचन आयोग र अदालतको विषयले उम्मेदवार छनोट गर्न ढिलाइ भइरहेको समेत थापाको भनाइ छ ।‘आज दिनभरिमा सबै कुरा टुंग्याउँछौं । ‘बेष्ट’ कोसिस गर्छौं । सकेसम्म यसलाई राम्रो बनाउन,’ सभापति थापाले भनेका छन् ।
‘पार्टीको जिम्मेवारीमा आएपछि लगातार निर्वाचन आयोग धाउनु परिरहेको छ । पार्टीका केही साथीहरूले चित्त बुझेन भनेर कानूनी परीक्षण खोजिरहनु भएको छ । कानूनी परीक्षण खोजिरहनु भएका साथीहरूलाई पनि समेटेर लैजाउँ भनेर हिजो साँझसम्म प्रयास थियो । त्यही भएर अहिले एकदमै समयको चाप बढेको छ,’ उनले भने, ‘हिजो साँझसम्म पनि पार्टीका नेताहरूको एकता गराउने संवाद र समझदारी गर्दा केही अफ्ठेरो भएको छ । हामी आज सबै कुरा टुङ्गो लगाउँछौँ । ’
उनले उपयुक्त उम्मेदवार छनोट भइरहेको बताउँदै पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउन समेत सबैमा अपिल गरेका थिए । ‘सकेसम्म राम्रो बनाउने प्रयास गरेका छौँ । आफूलाई चित्त नबुझ्ला त्यस्तो अवस्थामा जो साथी पार्टीको तर्फबाट रुख चिन्ह लिएर आउनुहुन्छ, त्यो साथीको पक्षमा सबैजना एक ढिक्का भएर मनमा कुनै पनि कुरा नराखी यो एउटा अभियान हो यो, अभियानमा जुट्नु पर्छ भनेर तपाईंहरू लाग्नुहुन्छ भन्ने विश्वासको साथमा सबैलाई अनुरोध गर्न चाहन्छ अपिल गर्न चाहन्छु,’ थापाले भने ।
https://www.facebook.com/share/v/1Gyg9gonKY















कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
जनअपेक्षा अनुसार काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
तीन महिनाका लागि एन्फा निलम्वन
प्रतिक्रिया