मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
मेरोन्यूज
२०८२ माघ ५ गते १६:५४

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफू भाषण गर्न नभई काम गर्न राजनीतिमा आएको बताएका छन्।
जनकपुरमा आज आयोजित सभामा उनले यस्ताे बताएका हुन् । ‘न मलाई भाषण गर्ने मुड छ, न तपाईंहरूलाई सुन्ने मुड छ। तपाईंहरूलाई काम चाहिएको छ, मलाई काम गर्ने मुड छ’ बालेनले भने ।
बालेनले काठमाडौंको मेयरकाे ४ वर्षको कार्यकालमा आफूले फजुल भेटघाट बन्द गरेर काममा मात्र ध्यान केन्द्रित गरेको बताए । ‘काठमाडौंको मेयर भएर ४ वर्ष कुर्सीमा बस्दा मैले मान्छे भेटिनँ, केवल काम गरेँ,’ बालेनले भने, ‘मैले काम गरेँ कि गरिनँ, त्यो तपाईंहरूले देखिरहनुभएको छ। म त्यही काम गर्ने हुटहुटी लिएर यहाँ आएको छु।’
सम्बन्धित















जनअपेक्षा अनुसार काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
ग्रीसको समुन्द्री तटमा फसेको डुङ्गामा ६ दिन पछि २२ जना आप्रवासीको मृत्यु
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
प्रतिक्रिया