मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
मेरोन्यूज
२०८२ माघ ५ गते १६:५४

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफू भाषण गर्न नभई काम गर्न राजनीतिमा आएको बताएका छन्।
जनकपुरमा आज आयोजित सभामा उनले यस्ताे बताएका हुन् । ‘न मलाई भाषण गर्ने मुड छ, न तपाईंहरूलाई सुन्ने मुड छ। तपाईंहरूलाई काम चाहिएको छ, मलाई काम गर्ने मुड छ’ बालेनले भने ।
बालेनले काठमाडौंको मेयरकाे ४ वर्षको कार्यकालमा आफूले फजुल भेटघाट बन्द गरेर काममा मात्र ध्यान केन्द्रित गरेको बताए । ‘काठमाडौंको मेयर भएर ४ वर्ष कुर्सीमा बस्दा मैले मान्छे भेटिनँ, केवल काम गरेँ,’ बालेनले भने, ‘मैले काम गरेँ कि गरिनँ, त्यो तपाईंहरूले देखिरहनुभएको छ। म त्यही काम गर्ने हुटहुटी लिएर यहाँ आएको छु।’
सम्बन्धित














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया