बङ्गलादेशको आम निर्वाचनमा दुई हजार उम्मेदवारी दर्ता

आगामी फब्रुअरी–१२ का लागि तय गरिएको बङ्गलादेशको १३ औँ आम चुनावका लागि दुई हजार उम्मेदवारले चुनाव लड्ने तयारी गरेको बङ्गलादेशको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले मङ्गलबार उम्मेदवारी दर्ता, छानविन, अपिल, फिर्ता र उम्मेदवारको सूची अन्तिम रूप दिए पछि अद्यावधिक तथ्याङ्क जारी गरेको जनाएको छ ।
बङ्गला देशका ३०० निर्वाचन क्षेत्रहरू मध्ये २९८ मा एक हजार ९६७ लड्ने तथारी गरेको उल्लेख गर्दै बाँकी दुई निर्वाचन क्षेत्रबाट उम्मेदवारको सूची तयार भएपछि यो सङ्ख्या अझै बढ्ने अनुमान आयोगले गरेको छ ।
सीमाको विषयलाई लिएर कानुनी विवाद भएका कारण दुई निर्वाचन क्षेत्रहरूमा उम्मेदवारी फिर्ता लिने समयसीमा जनवरी–२६ सम्म बढाइएको थियो ।
यस अघि फेब्रुअरी– १२ मा हुन लागेको निर्वाचनमा भाग लिन करिब तीन हजार नामाङ्कन पत्र सङ्कलन गरिएको जनाइएको छ ।
गत महिना आयोगले पूर्व प्रधानमन्त्री शेख हसिनाले सन् २०२४ अगस्ट मा राजीनामा दिएर देश छोडे पछि पहिलो पटक आम चुनावका लागि १२ करोड ७० लाख भन्दा बढी मतदाताले नामावली दर्ता गरेको बताएको थियो ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया