लुम्बिनीमा ५६ जना महिलाको उम्मेदवारी, रोल्पामा छैनन्

दाङ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा ५६ जना महिलाले मनोनयन दर्ता गराएका छन् ।
प्रदेश निर्वाचन कार्यालय दाङले दिएको जानकारीअनुसार सबैभन्दा बढी रुपन्देहीमा २१ जना महिलाले मनोनयन दर्ता गराएका छन् भने रोल्पामा भने एक जना पनि महिला उम्मेदवार छैनन् । यसैगरी दाङ, बाँके, बर्दिया, गुल्मी र नवलपरासी पश्चिममा भने पाँच पाँचजना महिलाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै कपिलवस्तुमा चार, पाल्पा र रुकुम पूर्वमा दुई दुईजना महिलाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै अर्घाखाँची र प्युठानमा एक एकजना महिलाले उम्मेदवारी दर्ता गराएका हुन् ।
लुम्बिनी प्रदेशमा प्रमुख राजनीतिक दलबाट महिलाको उम्मेदवारी न्यू रहे पनि साना दल र स्वतन्त्रबाट महिलाको सहभागिता रहेको छ । प्रदेशका १२ जिल्लामा ५९९ जना उम्मेदवारले मनोनयन दर्ता गराएकोमा महिलाको सङ्ख्या ५६ छ । यसमा ३९४ जना विभिन्न राजनीतिक दलका र२०५ स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
















स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
संयोजक प्रचण्ड सहिद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त
वाणिज्य बैंकको वार्षिकोत्सवका अवसरमा ४१३ जनाले गरे रक्तदान
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः समानुपातिक बन्दसूचीका उम्मेदवारको नाम सार्वजनिक
प्रतिक्रिया