अफगानिस्तानमा आम नागरिकमाथि भएको आक्रमणको राष्ट्रसंघीय सुरक्षा परिषद् द्वारा निन्दा

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का सदस्यहरूले अफगानिस्तानको राजधानी काबुलको रेस्टुरेन्टमा भएको आक्रमणको कडा निन्दा गरेका छन् जसमा धेरै नागरिकहरु मारिनुका साथै घाइते भएका छन् ।
सुरक्षा परिषद्का सदस्यहरूले पछिल्लो समयमा सबै प्रकारका आतङ्कवादले अफगानिस्तान र विश्वमै शान्ति र सुरक्षाका लागि सबैभन्दा गम्भीर खतरा स्थान बनेको पुष्टि गरेका छन् ।
निन्दनीय कार्यहरूका आयोजक, र प्रायोजकहरूलाई जवाफदेही बनाउन र उनीहरूलाई न्यायको कठघरामा ल्याउन“ आवश्यक रहेको कुरामा जोड दिँदै काउन्सिलले “सबै राज्यहरूलाई अन्तर्राष्ट्रिय कानून र सान्दर्भिक सुरक्षा परिषद्का प्रस्तावहरूअन्तर्गत आफ्ना दायित्वहरू अनुसार सक्रिय रूपमा सहयोग गर्न“ आग्रह गरेको छ ।
सुरक्षा परिषद्का सदस्यहरूले आतङ्कवादको कुनै पनि कार्य आपराधिक र अन्यायपूर्ण रहेको बताउदै यसले संयुक्त राष्ट्रको बडापत्र र अन्तर्राष्ट्रिय कानून, र अन्तर्राष्ट्रिय मानवीय कानून विपरित अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा हुने खतराहरू“ विरुद्ध लड्नुपर्ने बताएको छ ।















पेट्रोलीयम पदार्थकाे सुरक्षामा चीनको कडाइ
महावीर पुनमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ
किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश
ज्योति विकास बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
प्रतिक्रिया