इनड्राइभद्वारा ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सम्पन्न

काठमाडाैं । विश्वव्यापी मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले ‘इनड्राइभसँग सुरक्षित यात्रा तपाईंको रोजाइमा’ अभियानअन्तर्गत आफ्ना ड्राइभर पार्टनर्सका लागि विशेष सुरक्षा तालिमसत्र सम्पन्न गरेको छ । तालिममार्फत चालक सशक्तिकरण, सडक सुरक्षा प्रवर्द्धन तथा समुदायको समग्र कल्याणप्रतिको इनड्राइभको दीर्घकालीन प्रतिबद्धता पुनः पुष्टि गरिएको छ ।
उक्त तालिम इनड्राइभका ड्राइभर पार्टनर्सलाई सडक सुरक्षा अभ्यास, ट्राफिक नियमको पालना, जिम्मेवार ड्राइभिङ तथा पेसागत आचरणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो । सुरक्षित, विश्वसनीय र यात्रु–मैत्री राइड–हेलिङ वातावरण निर्माणमा चालकहरूको भूमिका अझ प्रभावकारी बनाउने विश्वास कम्पनीले लिएको छ ।
नियमित तथा गुणस्तरीय सुरक्षा तालिमलाई प्राथमिकतामा राख्दै इनड्राइभले आफ्ना ड्राइभरहरूलाई आर्थिक रूपमा मात्र होइन, आत्मविश्वासी, सचेत र वास्तविक सडक चुनौती सामना गर्न सक्षम बनाउने लक्ष्य लिएको जनाएको छ । तालिमको एक प्रमुख विशेषता इनड्राइभको ‘स्वतन्त्र छनोट’ मोडेलमाथि केन्द्रित रहनु भएको बताइएको छ, जसले ड्राइभरहरूलाई यात्रासम्बन्धी निर्णयहरू स्वतन्त्र रूपमा लिन सक्ने अधिकार प्रदान गर्छ ।
सुरक्षा शिक्षालाई स्वायत्ततासँग जोड्दै, इनड्राइभले सुरक्षा र सेवाको गुणस्तरमा सम्झौता नगरी दिगो र न्यायपूर्ण मोबिलिटी प्रणाली प्रवर्द्धन गरिरहेको बताइएको छ ।
तालिमको सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी सत्र नेपाल ट्राफिक प्रहरीका प्रतिनिधिहरूले सहजीकरण गरेका थिए । सो अवसरमा उनीहरूले सुरक्षित सडक सुनिश्चित गर्न प्लेटफर्म, चालक र सरोकारवाला निकायबीचको सहकार्य र साझा जिम्मेवारीको महत्त्वमाथि जोड दिएका थिए ।
इनड्राइभ नेपालकी ड्राइभर अपरेशन्स स्पेसलिस्ट सुनिता जिमी राईले चालक सशक्तिकरण केवल प्रविधि वा आम्दानीमा सीमित नरहेको बताइन् । ‘यो जिम्मेवार, सुरक्षित र दिगो मोबिलिटी संस्कृतिसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो’, उनले भनिन् । यस्ता तालिमहरूले चालकलाई यात्रु र आफ्नो सुरक्षाप्रति सचेत रहँदै जिम्मेवार निर्णय लिन सक्षम बनाउने उनको भनाइ छ ।
उनका अनुसार, यस्ता पहलमार्फत चालकहरू अझ आत्मविश्वासी, सचेत र पेशागत बन्दै जानेछन्, जसको प्रत्यक्ष प्रभाव यात्रु अनुभवमा पनि सकारात्मक रूपमा देखिनेछ । ‘सुरक्षा, पारस्परिक सम्मान, विश्वास र विश्वस्तरीय सेवा मापदण्डलाई केन्द्रमा राख्दै हामी समुदाय निर्माणमा प्रतिबद्ध छौँ’, उनले थपिन् ।
इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको समर्पण, जिम्मेवारीबोध र व्यावसायिकताको उच्च कदर गर्दै उनीहरूलाई सेवाको मेरुदण्डका रूपमा सम्मान गरेको छ । कम्पनीले चालकहरूको सुरक्षा, सीप विकास र सशक्तीकरणलाई सधैँ प्राथमिकतामा राख्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
यस पहलमार्फत इनड्राइभले नेपालमा समावेशी, सहयोगी र सशक्त राइड–हेलिङ समुदाय निर्माण गर्ने आफ्नो दृष्टिकोणलाई पुनः दोहोर्याएको छ । ‘इनड्राइभसँग सुरक्षित यात्रा तपाईंको रोजाइमा’ अभियानले चालकलाई सशक्त बनाउँदै सडक सुरक्षाप्रति जनचेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया