सेयर बजारमा उच्च अंककाे वृद्धि
मेरोन्यूज
२०८२ माघ ११ गते १५:५३

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा उल्लेख्य सुधार देखिएको छ ।
आज नेप्से परिसूचक ५७ दशमलव ५५ अंकले बढेर दुई हजार ७७२ दशमलव १७ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव १२ प्रतिशतको वृद्धि हो ।
आज ३३१ कम्पनीको तीन करोड नौ लाख १५ हजार १८३ कित्ता शेयर एक लाख ३३ हजार ५२९ पटक खरिदबिक्री हुँदा रु १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार ६४५ दशमलप शून्य पाँचको कारोबार भएको छ । आज सबै समूहको उपसूचक बढेको छ ।
आजको कारोबारमा आठ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको रु ४३ करोड ५९ लाख ३३ हजार १६२ बराबरको १६ लाख ६८ हजार कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
सम्बन्धित
















अमेरिकाले वास्तविकतामा युद्ध हारिरहेछ – इरान
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया