खैरो हिरोइनसहित नागढुंगाबाट एकजना पक्राउ
मेरोन्यूज
२०८२ माघ १२ गते १९:०७

काठमाडौँ । नेपाल प्रहरीले अवैध लागूऔषध खैरोे हिरोइनसहित एकजनालई पक्राउ गरेको छ ।
प्रहरी प्रभाग तथा लागूऔषध नियन्त्रण ब्यूरो नागढुंगाको टोलीले चन्द्रागिरि नगरपालिका–२ स्थित चेक प्वाइन्टमा काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बाप्र००१–००६ख७३३५ नम्बरको यात्रुवाहक बस जाँचका क्रममा सात ग्राम लागूऔषध खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका– ३ का ३६ वर्षीय निरोज न्यौपाने रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ परेका न्यौपानेमाथि जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए ।
सम्बन्धित
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया