बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
मेरोन्यूज
२०८२ माघ १३ गते १०:१५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले मंगलबार बिहान बर्दिया-२ मा पार्टीको सम्पर्क कार्यालय उद्घाटन गरेका छन्।
सोमबारदेखि सुदूरपश्चिमको चुनावी यात्रमा रहेका बालेनले मंगलबार बिहान राजापुरस्थित रास्वपाको निर्वाचन क्षेत्र नम्बर २ को सम्पर्क कार्यालय उद्घाटन गरेका हुन्। त्यसक्रममा बालेलने बर्दियाको प्रसिद्ध ठाकुर बाबा मन्दिरको पनि दर्शन गरेका उनको सचिवालयले जनाएको छ।
आगामी फागनु २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि बर्दिया २ मा १८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। १७ दल र एक जना स्वतन्त्र उम्मेदवार गरी जम्मा १८ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। रास्वपाबाट यहाँ श्रीधर पोखरेल उम्मेदवार बनेका छन्।

सम्बन्धित
















बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
यातायात कार्यालय सुधारका लागि संसदीय समितिको १० बुँदे निर्देशन
हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन
PM Karki insists development works should not affect religious belief, cultural heritages
ओखलढुङ्गामा राई दम्पतीको हत्या
दुई हजार एक सय जना एमालेमा प्रवेश
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई जिम्बाबेले दियो १ सय ३० रनको लक्ष्य
निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
प्रतिक्रिया