महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई जिम्बाबेले दियो १ सय ३० रनको लक्ष्य
मेरोन्यूज
२०८२ माघ १० गते १५:१७

आइसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह चरणको तेस्रो खेलमा घरेलु टोलीसामु जितका लागि जिम्बाबेले १ सय ३० रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको जिम्बाबेले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २९ रनको योगफल तयार पारेको हो।
नेपालका लागि रिया शर्माले २ विकेट लिइन्। कविता कुवँर, पुजा महतो, सिता रानामगर र रुविना क्षेत्रीले समान एक विकेट आफ्नो नाममा गरे।
जिम्बाबेका लागि केलिस ध्लोबुले सर्वाधिक ५२ रन बनाइन्। विलभ्ड विजाले ३४ रन बनाइन्।
नेपालले आजको खेलमा जित निकाले सुपर सिक्स खेल्ने सम्भावना जिवित राख्नेछ। हारले सुपर ६ को सम्भावना सकिनेछ।
लगातार ३ खेलमा हार भोगेको जिम्बाबे समूह चरणको अन्तिम खेल खेल्दैछ।
सम्बन्धित
















आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँः संयोजक दाहाल
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिक्रिया