अनिता हत्या प्रकरण
नहरमा धकेलेर दाउ प्रहार गरी भाउजूको हत्या
रगतले लतपत्तिएको दाउ पखालेर भाउजू खोज्न दाजुको सारथी

काठमाडौं । आफ्नै भाउजूको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले रंगेली नगरपालिका वडा नम्बर ३ बस्ने १९ वर्षीय विनोद यादवलाई नियन्त्रणमा लिएको हो ।
गत बुधबार रंगेली नगरपालिका ३ स्थित तिलुवा चोक नहरमा एक महिला मृत फेला परेकी थिईन । प्रहरीका अनुसार रंगेली नगरालिका ३ बस्ने २४ वर्षीया अनिता यादव मृत फेला परेकी हुन् ।
अनिता र विनोद देवर भाउजु भएता पनि उनिहरु छुट्टिएर फरक –फरक घरमा बसेका थिए । उनिहरुको घर फरक फरक भएता पनि आँगन भने एउटै थियो । आगन एउटै भएका कारण बेला बेलामा उनिहरुबिच सामान्य कुरामा पनि विवाद हुँदै आएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान शहादुर राईले मेरो न्युजलाई बताए ।
नहरमा धकेलेर दाउ प्रहार
प्रवक्ता राईका अनुसार सामान्य विषयमा पनि विवाद गरिरहने देवर भाउजुबिच मङ्गलबार दिउँसो घरमा कल मर्मतको विषयलाई लिएर विवाद भएको थियो । मजदुरी गर्न घर बाहिर गएका अनिताको श्रीमान बेचन यादव विवाद भएको दिन बेलुका सम्म पनि घर आएका थिएनन् । राति ६ बज्दा समेत घर नआएका अनिता श्रीमान खोज्न बाहिर निस्किईन । घरको उत्तरतर्फ बाहिर निस्किएका अनितालाई पछ्याउँदै देवर विनोद पनि पछि–पछि लागेका थिए ।
मंगलबार राती करिब ८ बजेको समयमा घरदेखि उत्तर करिब ढेड किलोमिटरमा नहरको ढिलमा पुगेपछि देवर विनोदले भाउजु अनितालाई धकालिदिएका थिए । अनिता नहरमा लडिन् र बिनोदले अनिताको घाँटीमा धाँरिलो हतियार (दाउ) प्रयोग गरि हत्या गरेको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको प्रवक्ता राईले बताए ।
रगतले लतपत्तिएको दाउ पानिले पखालेर फरार
हत्यापछि रगतले लतपत्तिएको दाउ पानिले पखालेर उनि सुटुक्क घरमा आएर बसेका थिए । राती अबेरसम्म पनि अनिता घर नआएपछि उनका श्रीमान बेचन अत्तालिदै श्रीमती खोज्न दौडिए । दाईसँगै भाउजु खोज्न विनोद पनि सँगै गएका थिए । वरीपरी खोज्दा समेत अनितालाई नेभेटेपछि विनोद राती घरमा फर्किएर केही बेर सुतेपछि उनि बिहान झिसमिसेमै उठेर फरार भएको प्रहरीले जनाए ।
विहान ८ बजे पक्राउ पक्राउ
बुधबार विहान स्थानीयले अनिताको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्यापछि फरार रहेका बिनोदलाई प्रहरीले घरबाहिर रंगेली बजारमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको डिएसपी मानबहादुर राईले बताए । पक्राउ परेका बिनोद उपर मुलुकी अपराध संहिता, २०७४ को ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको प्रवक्ता राईले जनाएका छन् ।
प्रवक्ता राईका अनुसार बिनोदले यसअघि पनि बावु र आमालाई कुटपिट गर्ने गरेका थिए । उनि झगडिया स्वभावका थिए । अनिताको बेचनसँग करिब दुई वर्ष अगाडी बिवाह भएको थियो । बिवाह भएपछि भाउजु, दाजु, बुवासँग सामान्य विषयलाई लिएर बिनोदले झगडा गर्दै आएका थिए ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>














युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
निर्वाचनका लागि स्थापना गरिएका विशेष एकाइ तथा समन्वय केन्द्र बन्द गरिने
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
भोजपुरमा शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज निर्वाचित
सुनसरी-२ मा रास्वपाका लालविक्रम थापा फराकिलो मतान्तरले विजयी
प्रतिक्रिया