सुनको मूल्य हालसम्मकै उच्च, ताेलामा कति ?
मेरोन्यूज
२०८२ माघ १४ गते ११:१६

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड कायम गरिरहेकाे छ । आज सुन तोलाको ३ लाख १८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन प्रतितोला तीन लाख नौ हजार ३०० रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ४३० रुपैयाँले बढेर प्रतितोला ७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
सम्बन्धित

















गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया