बुधबार, माघ १४, २०८२

सुनको मूल्य हालसम्मकै उच्च, ताेलामा कति ?

मेरोन्यूज २०८२ माघ १४ गते ११:१६

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड कायम गरिरहेकाे छ । आज सुन तोलाको ३ लाख १८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार सुन प्रतितोला तीन लाख नौ हजार ३०० रुपैयाँमा कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ४३० रुपैयाँले बढेर प्रतितोला ७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया