युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु हनुका साथै धेरै घाइते भएको अधिकारीहरूले बुधबार बताएका छन् ।
युक्रेनी अधिकारीहरूका अनुसार रेलमा लक्षित ड्रोन आक्रमणले पाँच यात्रुसहित मङ्गलबार युक्रेनभरि कम्तीमा १२ जनाको ज्यान लिएको केही घण्टापछि यो ताजा आक्रमण भएको हो ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बमबारीले शान्ति प्रयासलाई कमजोर बनाएको उल्लेख गर्दै युद्ध अन्त्य गर्न मस्को माथि दबाब बढाउन सहयोगीहरूलाई आग्रह गरेका छन् ।
“बिलोगोरोद्स्का समुदायमा, एक पुरुष र एक महिलाको आक्रमणको कारण मृत्यु भएको किएभ क्षेत्रका सैन्य प्रशासनका प्रमुख माइकोला कलाश्निकले टेलिग्राम मार्फत जनाएका छन् ,।
युक्रेन प्रहरीले पछिल्लो बयानमा मृत दम्पतीको चार वर्षीय बच्चासहित आक्रमणमा अन्य तीन जना घाइते भएको बताएको छ ।
क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्सान्डर गान्जमका अनुसार मध्य ड्निप्रोपेट्रोभस्क क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक व्यक्तिको मृत्यु हुनुकासाथै पाँच जना घाइते भएका छन् ।
अमेरिकी सयोजकत्वमा गत हप्ता संयुक्त अरब इमिरेट्समा द्वन्द्व अन्त्य गर्ने उद्देश्यले रूस र युक्रेनी वार्ताकारहरू विच छलफल भए पछि धेरै युक्रेनीहरूलाई अत्यधिक चिसो र जाडोको समयमा उर्जा विहीन बनाउन घातक आक्रमणहरु जारी रहेको जनाइएको छ ।
जेलेन्स्कीका अनुसार अर्को चरणको वार्ताआगामी फेब्रुअरी– १ मा हुने अपेक्षा गरिएको छ ।
















सुशासन र पारदर्शितामा सांसदहरूको जोड
शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ
इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल–अमेरिकासँगको सम्बन्ध आरोप
मन्त्रिपरिषद् बैठक सुरु
धनुषामा स्नातकोत्तर सम्मेलन सुरु
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
प्रतिक्रिया