शुक्रबार, माघ १६, २०८२

कांग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित

मेरोन्यूज २०८२ माघ १५ गते ९:३१

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई भेटेर संसद् पुनःस्थापनाको रिट पेसीमा चढाउन आग्रह गर्ने नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले तयारी रोकिएको छ ।उनीहरू आज बिहान १० बजे सर्वोच्च गएर पेसीको माग गर्ने योजनामा थिए ।

विघटित प्रतिनिधि सभाको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले निर्वाचनको समयमा पुनःस्थापनाबारे ध्यानाकर्षण गराउँदा पार्टीको माहोल बिग्रने देखिएकोले सर्वोच्च जाने र पेसी माग गर्ने योजना रोकिएको बताए ।

यसअघि घिमिरे नेतृत्वको टोली बिहान १०:३० बने सर्वोच्च जाने कार्यक्रम थियो । कांग्रेसका ६५ पूर्व सांसदहरूले संसद् पुनर्स्थापनाका लागि रिट दायर गरेका छन् । तर, सर्वोच्चले रिटको सुनुवाइ सुरू गरेको छैन ।

प्रतिक्रिया