शुक्रबार, माघ १६, २०८२

दरबारमार्गको उडल्याण्ड होटलमा आगलागी

मेरोन्यूज २०८२ माघ १५ गते १२:१८

काठमाडौँ । काठमाडौँको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज बिहान १०ः१५ बजे आगलागी भएको हो । परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आगलागी नियन्त्रणमा लिने क्रम जारी रहेको बताए ।

आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी र दमकल खटिरहेको उनले बताए। आगलागीको कारण भने खुलेको छैन ।

प्रतिक्रिया