सशस्त्र प्रहरीले पन्छायो मुक्तिनाथ मन्दिरको हिउँ

मुस्ताङ । मुस्ताङस्थित सशस्त्र प्रहरी बल नेपाल, ३३ नं गुल्मका सशस्त्र प्रहरी सुरक्षाकर्मीले आज प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा थुप्रिएको हिउँ पन्छाएका छन्।
सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीको नेतृत्वमा गएको सशस्त्र प्रहरीको टोलीले मुक्तिनाथ मन्दिरमा थुप्रिएको हिउँ पन्छ्याएको हो। मङ्गलबार रातिको भारी हिमपातले वारागुङ मुक्ति क्षेत्र–१ स्थित मन्दिर परिसर बाक्लो हिउँले सेताम्मे भएको थियो।
भारी हिमपातका कारण मुक्तिनाथ मन्दिर परिसर र मुक्तिनाथ जाने रेलिङसहितको सिँढी बाटोमा पूरै हिउँ जमेका कारण मुक्तिनाथका दर्शनार्थीलाई निकै असहज पुर्याएको थियो। मुक्तिनाथ मन्दिरमा बाक्लो हिउँ जमेर बसेको र यसले दर्शनार्थीको दर्शन र स्नान गर्ने कार्यमा बाधा पुगेकाले सशस्त्र प्रहरीले मुक्तिनाथमा पुगेर हिउँ पन्छ्याइएको सशस्त्र प्रहरी नायब निरीक्षक भेषराज गिरीले जानकारी दिए।
भारी हिमपातका कारण मुक्तिनाथ मन्दिर र मन्दिरसम्म जाने सिँढी बाटोमा दुई फिटसम्म हिउँ जमेर बसेकाले सशस्त्र प्रहरीको टोली खटिएर मुक्तिनाथको हिउँ सफा गरेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिए। मुक्तिनाथ जाने सडक र मन्दिर परिसरमा बाक्लो हिउँ थुप्रिएर बस्दा दर्शनार्थी चिप्लिएरु लड्ने र दुर्घटना हुने जोखिम रहेकोमा सशस्त्र प्रहरी टोली हिउँ पन्छ्याएपछि मुक्तिनाथ दर्शनार्थीलाई निकै सहज तुल्याएको व्यवस्थापक भुसालले बताए।
सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिर जाने रेलिङ मार्ग, मन्दिर परिसर, स्नानकुण्ड र १०८ धारालगायत स्थानमा जमेको हिउँ पन्छ्याएको हो। यसअघि भारी हिमपातका कारण अवरुद्ध बनेको कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याइपछि शुक्रबार बिहानदेखि यातायात आवागमन सञ्चालनमा आएको छ। अवरुद्ध मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन कोरला सडक आयोजनाको डोजर परिचालित गरी जिल्ला सुरक्षा समिति र स्थानीय जनप्रतिनिधि मिलेर अवरुद्ध सडक सञ्चालनमा ल्याइएको हो।
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया