अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत

भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले आम माफी विधेयक प्रस्तुत गरेकी छन् । अमेरिकालाई खुसी पार्न ल्याइएकाे ठानिएकाे विधेयकले राजनीतिक कारणले जेलमा रहेका सयौं व्यक्तिहरूको रिहाइको अवसर प्रदान गर्न सक्छ ।
यसमा विपक्षी नेता, पत्रकार र मानवअधिकारकर्मीहरू पनि समावेश हुन सक्ने सम्भावना छ । अमेरिकी समर्थन प्राप्त विपक्षी समूहले यस कदमको अपेक्षा लामो समयदेखि गरेका थिए ।
रोड्रिगेजले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि संसदमा विधेयकलाई प्राथमिकताका साथ विचार गर्न आग्रह गरिन् । उनले भनिन ,“यो कानूनले राजनीतिक द्वन्द्वका कारण उत्पन्न घाउहरू निको पारोस्, न्यायको पुनर्निर्देशन गरोस् र भेनेजुएलियनहरूबीच सहअस्तित्वलाई प्रोत्साहन गरोस् ।” साथै, उनले काराकसको हेलिकोइड जेल बन्द गर्ने घोषणा गरिन र यसलाई भविष्यमा खेलकुद, सामाजिक तथा सांस्कृतिक केन्द्रमा रूपान्तरण गर्ने योजना रहेको बताइन् ।
हाल भेनेजुएलामा राजनीतिक गतिविधिका कारण करिब ७११ जना व्यक्तिहरू जेलमा रहेका छन्, जसमा १८३ जना सजाय भोगिसकेका छन् । प्रमुख विपक्षी नेता र समर्थकहरूमा पूर्व सांसद फ्रेडी सुपरलानो, माचाडोका कानूनी सल्लाहकार पर्किन्स रोचा र पूर्व गभर्नर जुआन पाब्लो गुआनिपा समावेश छन् ।
आम माफी कानूनले १९९९ देखि हालसम्मको राजनीतिक हिंसाको अवधि समेट्नेछ, तर हत्या, लागूपदार्थ व्यापार, भ्रष्टाचार तथा मानवअधिकार उल्लङ्घनमा दोषी ठहर भएका व्यक्तिहरू यसबाट लाभान्वित हुने छैनन् । सामाजिक तथा मानवअधिकार संस्थाहरूले यस कदमको स्वागत गर्दै पनि पारदर्शिताको आवश्यकतालाई जोड दिएका छन् ।
















डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
प्रतिक्रिया