सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?

सुदूरपश्चिम, १७ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा प्रमुख दलले न्यून सङ्ख्यामा महिलालाई चुनावी प्रतिस्पर्धामा उतारेका छन् ।
प्रमुख दलमध्ये नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रदेशका कुनै पनि क्षेत्रमा महिला उम्मेदवार नउठाउँदा नेपाली कम्युनिष्ट पार्टीले एक जना महिला उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ ।
नेपाली कम्युनिष्ट पार्टीबाट विना मगर कञ्चनपुर क्षेत्र नं १ बाट र साविकको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कैलाली क्षेत्र नं १ बाट कोमल ज्ञवालीलाई चुनावी मैदानमा उतारेको छ ।
प्रदेशभरिका विभिन्न निर्वाचन क्षेत्रमा १८ महिला चुनावी मैदानमा उत्रिएका छन् ।
प्रदेशका १६ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी पाँच निर्वाचन क्षेत्रमा महिला उम्मेदवार उठाउने दल नेपाल मजदुर किसान पार्टी रहेको छ ।
सो पार्टीले कैलाली क्षेत्र नं १ मा सुनिता भण्डारी, क्षेत्र नं २ मा लक्ष्मी पुनमगर, क्षेत्र नं ३ मा जुनु महतरा शाही, क्षेत्र नं ४ मा अमृता भूल र क्षेत्र नं ५ मा तृषण पुनमगरलाई उम्मेदवार बनाएको छ ।
मितेरी नेपाल पार्टीले कैलाली निर्वाचन क्षेत्र नं २ मा सम्झना विष्ट थापा, क्षेत्र नं ३ मा सुशीला थापामगर र क्षेत्र नं ५ मा राधिकाकुमारी कार्की र डोटी जिल्लाबाट सरस्वतीकुमार पाल मल्ललाई उठाएको छ ।
आम जनता पार्टीले कैलाली क्षेत्र नं १ मा रुपाकुमारी चौधरी, कञ्चनपुर नं १ मा सीता विक र क्षेत्र नं ३ मा लक्ष्मीकुमारी विष्टलाई प्रत्याशी बनाएको छ । नागरिक उन्मुक्ति पार्टी, नेपालले कञ्चनपुर–२ बाट प्रेमवती रानालाई र राष्ट्रिय जनमोर्चाले कैलाली क्षेत्र नं ५ मा शोभामणि जोशीलाई उम्मेदवार बनाएको छ ।
मञ्जुदेवी सुनार र रुपादेवी विष्ट कञ्चनपुर क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवार छन् । प्रदेशका १६ निर्वाचन क्षेत्रमा पुरुष र महिला गरी २०६ उम्मेदवार छन् ।
प्रदेशमा सबैभन्दा बढी उम्मेदवार कञ्चनपुर क्षेत्र नं १ मा १९ र क्षेत्र नं २ मा १९ जना छन् । सबैभन्दा कम बझाङमा सात उम्मेदवार छन् ।
विघटित प्रतिनिधिसभाका पाँच सदस्य उम्मेदवार कांग्रेस नेता एवं विघटित प्रतिनिधिसभा सदस्य एनपी साउद कञ्चनपुर क्षेत्र नं २ बाट पुनः उम्मेदवार बनेका छन् ।
विघटित प्रतिनिधिसभाका सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता दामोदर भण्डारी बैतडीबाट र अर्का नेता तारा लामा तामाङ कञ्चपनपुर क्षेत्र नं १ बाट र कांग्रेस नेता पुष्पकुमार शाही अछाम क्षेत्र नं २ बाट पुनः चुनावी प्रतिस्पर्धामा छन् ।
प्रेमबहादुर आले नेपाली कम्युनिष्ट पार्टीबाट कैलाली क्षेत्र नं ५ मा उम्मेदवार बनेका छन् । आले अघिल्लो निर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का तर्फबाट डोटीमा उम्मेदवारी बनेर निर्वाचित भएका थिए ।
















कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया