वीरगन्ज हुँदै ६ महिनामा ७ अर्ब ६४ करोडको दलहन भित्रियो

पर्सा । वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ७ अर्ब ६४ करोड मूल्य पर्ने सात थरिका दलहनजन्य खाद्यान्न भित्रिएको छ । गत आर्थिक वर्षको छ महिनामा १ अर्ब ८० करोड बढी मूल्यको दलहन खाद्यान्न भित्रिएको हो ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा ३१ प्रतिशतले आयात बढेको बताए । जबकि गत आवको छ महिनामा भने सात थरिका दलहन खाद्यान्न ५ अर्ब ८३ करोडको आयात भएको थियो । चालु आवको छ महिनामा ३ अर्ब ८२ करोडको मुसुरो दाल आयात भएको छ ।
त्यस्तै, सोही अवधिमा १अर्ब १७ करोड मूल्य पर्ने सिमी/राज्मा आयात भएको छ । चालु आवको छ महिनामा १ अर्ब १४ करोड मूल्यको चना आयात भएको छ ।
त्यसैगरी, १ अर्ब मूल्यको अन्य गेडागुडी आयात भएको छ । २७ करोडबराबर रहरको दाल र १६ करोड मूल्यको केराउ आयात भएको छ भने ५ करोड १० लाख मूल्यका बकुल्लाको आयात भएको छ ।
















इरान–अमेरिका वार्तामा प्रगति, तनाव अझै कायमै
HoR Election: Election activities ramp up in Parbat’s rural regions
नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक
मतदाता भन्छन्ः उम्मेदवार हेरेर आफ्नो मत दान गर्छौं
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
प्रतिक्रिया