यामाहाको विवाह सिजन अफर ‘मायासँग मायाको यात्रा’ सार्वजनिक

काठमाडाैं । नेपालमा विवाहको सिजन सुरु भएसँगै यामाहाले आफ्नो वार्षिक विवाह सिजन अफर ‘यामाहाको मायासँग मायाको यात्रा’ पुनः सार्वजनिक गरेको छ । प्रेमबाट सुरु हुने नयाँ जीवन यात्रालाई उत्सवका रूपमा प्रस्तुत गर्ने यो अभियान नेपाली संस्कृति, परम्परा र भावनासँग गहिरो रूपमा जोडिएको कम्पनीले जनाएको छ ।
विवाह केवल दुई व्यक्तिबीचको सम्बन्ध मात्र नभई विश्वास, साथ र जिम्मेवारीको नयाँ अध्याय भएको सन्देशसहित यामाहाले यो अभियान अघि सारेको हो । हरेक अर्थपूर्ण सम्बन्धको यात्रा सुरक्षित, सहज र भरोसायोग्य हुनुपर्छ भन्ने यामाहाको मूल दर्शनलाई अभियानले प्रतिबिम्बित गर्दछ । नयाँ जीवन सुरु गर्दै गरेका जोडीहरूका लागि भरपर्दो यात्राको साथी बन्ने लक्ष्यसहित यामाहाले विवाह सिजनलाई लक्षित विशेष अफर ल्याएको हो ।
विवाह सिजन अफर अन्तर्गत यामाहाले आफ्ना सवारी साधनहरूमा आकर्षक छुटहरू प्रदान गर्दै आएको छ । साथै, ग्राहकहरूले यामाहा नेपालबाट शुभ विवाहको प्रतीकस्वरूप ६ हजार रुपैयाँसम्मको नगद सगुन प्राप्त गर्न सक्नेछन् । यसले नयाँ दाम्पत्य जीवन सुरु गर्ने जोडीहरूलाई सुरक्षित र गुणस्तरीय सवारी साधनमा सहज रूपमा लगानी गर्न प्रोत्साहन गर्ने विश्वास लिइएको छ ।
यस अभियानमार्फत यामाहाले जीवनको महत्वपूर्ण मोडमा जोडीहरूको भरोसायोग्य साथीका रूपमा साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ । भरपर्दो प्रदर्शन, उत्कृष्ट राइड कम्फर्ट तथा उन्नत सुरक्षा सुविधासहित यामाहाका सवारी साधनहरूले जोडीहरूलाई आत्मविश्वासका साथ नयाँ यात्रामा अघि बढ्न सहयोग पुर्याउने कम्पनीको भनाइ छ ।
यो पहलसँगै यामाहाले आफूलाई केवल सवारी साधनको ब्रान्ड नभई प्रेमलाई साथ दिने, परिवारको सुरक्षा गर्ने र नयाँ सुरुवातलाई सशक्त बनाउने विश्वासिलो ब्रान्डका रूपमा पुनः स्थापित गरेको छ । यामाहाले वैवाहिक जीवनमा प्रवेश गर्दै गरेका जोडीहरूसँग सधैं साथमा रहने र हरेक यात्रा सुरक्षित, सहज तथा निश्चिन्ततासहित सुरु हुने सुनिश्चितता प्रदान गर्ने जनाएको छ ।

















यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
झापामा ८ महिनामा ७ सय १७ घरेलु तथा साना उद्योग थपिए
नुुवाकोटमा सिकारीले हानेको गोली लाग्दा एक महिला गम्भीर घाइते
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
प्रतिक्रिया