मतदाता भन्छन्ः उम्मेदवार हेरेर आफ्नो मत दान गर्छौं

बैतडी । बैतडीको सिगास गाउँपालिका–९ का रवीन्द्र र हिमा बोहराले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो पटक मतदान गर्दैछन् । पहिलो पटक मतदान गर्न पाउँदा उनीहरू दुवै जना उत्साहित छन् । साथै पहिलो पटक मतदान गर्दा उम्मेदवारलाई लिएर पनि उत्तिकै सचेत छन् ।
‘आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलोपटक मतदान गर्दैछु, उत्साहित मात्रै छैन, सचेत पनि छु’, रवीन्द्रले भने, ‘युवा र देशको वर्तमान आवश्यकतालाई प्राथमिकता राखेर काम गर्नसक्ने उम्मेदवारलाई भोट हाल्छु ।’
पहिलो पटक मतदान गर्न लागेकी हिमाले आफ्नो मत सक्षम नेतृत्व दान गर्ने बताइन । ‘राम्रो र सक्षम नेतृत्वलाई मतदान गरेर देशको विकास गर्नु आवश्यक छ, त्यसैअनुसार सोच बनाइरहेकी छु’, हिमाले भनिन्, ‘उम्मेदवारका एजेन्डालाई आफूले मत दिने आधार बनाउने छु ।’
बैतडीमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि ११ जना उम्मेदवार चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछन् । केही नयाँअनुसार छन् भने केही उम्मेदवार दोहोरिएका छन् ।
पुर्चौडी नगरपालिका– ४ का पुष्कर भट्टले उम्मेदवारसँग प्रतिबद्धता गरेर मात्रै आफ्नो अमूल्य मत दिने बताउँछन् । ‘मताधिकारको प्रयोग पहिलो पटक गर्दैछु । व्यक्तिगत स्वार्थभन्दामाथि नै रहेर योग्य, नैतिकवान्, राम्रो योजना र नीति भएका उम्मेदवारलाई मतदान गर्छु’, उनले भने ।
जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख खगेन्द्र भारतीका अनुसार जिल्लामा १२९ मतदानस्थल र २१४ मतदान केन्द्र छन् । जिल्लामा ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र अन्य दुई गरी एक लाख ५६ हजार ३७२ मतदाता छन् ।
सुरक्षा दृष्टिले यहाँका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । जिल्ला सुरक्षा समितिका अनुसार १२९ मतदानस्थलमध्ये ३३ अतिसंवेदनशील, २८ संवेदनशील र ६८ सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ ।
















अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
प्रतिक्रिया