एनआईसी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौं । एन आई सी एशिया बैंकले १ देखि ३ प्रतिशतसम्मको प्रिमियम सुविधा भएको प्रतिस्पर्धी ब्याजदरमा सुन तथा सुनका गरगहना धितो राखेर प्रवाह गरिने आकर्षक गोल्ड लोन (Gold Loan) कर्जा योजना सार्वजनिक गरेको छ ।
समय अनुसारको आवश्यकता र मागहरूलाई सम्बोधन गर्दै बैंकले ग्राहक महानुभावहरूमाझ प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक गरेको हो ।
यस योजना अन्तर्गत ग्राहक महानुभावहरुले रू. ५० लाखसम्मको कर्जा रकम प्राप्त गर्न सक्नुहुनेछ । औषत आधार दरमा १ देखि ३ प्रतिशतसम्मको प्रिमियम सुविधा सहितको प्रतिस्पर्धी ब्याजदरमा सुनको बार तथा सुनका गरगहना धितो राखेर बजार मूल्यको अधिकतम ७० प्रतिशतदेखि ८० प्रतिशतसम्मको कर्जा प्राप्त गर्न सक्नेछ ।
साथै, यस कर्जा योजना अन्तर्गत गरगहना खरिद गर्नका लागि पनि कर्जा प्राप्त गर्न सकिने सुविधा बैंकले उपलब्ध गराएको छ । ग्राहक महानुभावहरुले यस योजना अन्तर्गतको कर्जा तोकिएका विभिन्न शाखाहरुबाट प्राप्त गर्न सक्नेछ ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया