स्पेनद्वारा स्वास्थ्यमन्त्रीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । स्पेन सरकारले कोभिड–१९ विरुद्धको लडाइँमा सघाउन नेपाल सरकारलाई विभिन्न स्वास्थ्य सामग्री र उपकरण हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपराह्न स्पेनको अन्तर्राष्ट्रिय विकास सहायता निकायका निर्देशक म्यागडी मटिनेज सोलिमनले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई ती सामग्री हस्तान्तरण गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यस अवसरमा मन्त्री त्रिपाठीले जीवनरक्षा सामग्री प्रदान गरेकामा स्पेन सरकारप्रति आभार प्रकट गरे । स्पेनद्वारा आज हस्तान्तरण गरिएका सामग्रीमा १५ थान भेन्टिलेटर, १० थान अक्सिजन कन्सन्ट्रेटर, एक लाख ४४ हजार एन्टिजेन टेष्ट किट, एक लाख ४४ हजार एफएफपीटू मास्क र ६० थान सिलिण्डर छन् ।
यसैबीच परराष्ट्र मन्त्रालयले क्यानडा सरकारलाई एस्ट्राजेनका खोप उपलब्ध गराउन आग्रह गर्दै पत्राचार गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना क्यानाडेली समकक्षीलाई पत्राचार गर्दै खोपका निम्ति अनुरोध गर्नुभएको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए ।
















सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदै
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
एमालेको सचिवालय बैठक बस्दै
नेपालीको उद्धार गर्न आजदेखि खाडी राष्ट्रमा विशेष उडान
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया