ग्रीसमा तटरक्षक जहाज र आप्रवासी बोकेको डुङ्गा बिचको टक्करमा १५ जनाको मृत्यु

ग्रीसमा तट–रक्षक जहाज र आप्रवासी बोकेको डुङ्गा एजियन सागरमा ठोक्किदा १५ जनाको मृत्यु भएको अधिकारीहरूले बुधबार जनाएका छन् ।
टर्की नजिकैको चियोस टापुमा “नेभिगेसन लाइटहरू बिना र विदेशी यात्रुहरू बोकेको उच्च गतिको डुङ्गाको पाइलटले तटरक्षकको दृश्य र श्रव्य सङ्केतहरू प्राप्तीमा समस्या भए पछि दुर्घटना भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
तीन जना महिलासहित १४ जनाको शव समुद्रबाट निकालिएको र एक जना महिलाई जिवितै उद्धार गरेता पनि हाल उनको मृत्यु भइसकेको जनाइएको छ उद्धार गरिएका मध्ये ११ जना बालबालिका रहेको जनाइएको छ ।
पाँचवटा डुङ्गा र एउटा हेलिकप्टरमा आएका उद्धारकर्ताहरूले जिवित पीडितहरूका लागि बुधबार समुद्रमा खोजी गरिरहेको र आप्रवासी डुङ्गामा सवार व्यक्तिहरूको सङ्ख्या अज्ञात रहेको अधिकारीहरूले बताएका छन् ।
संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सीले नोभेम्बरमा सन् २०२५ मा भूमध्यसागर र पश्चिम अफ्रिकाको तटमा एट्लान्टिकबाट युरोप जाने मार्गमा एक हजार ७०० भन्दा बढी मानिस बेपत्ता भएको जनाएको थियो ।
आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनले सन् २०१४ देखि हाल सम्म भूमध्यसागरमा करिब ३३ हजार आप्रवासी बेपत्ता भएको जनाएको छ ।
















अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
प्रतिक्रिया