रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
मेरोन्यूज
२०८२ माघ २३ गते १७:१६

रौतहट । रौतहट क्षेत्र नम्बर- २ मा बिहीबार भएको चार वर्षीया बालिका मृत्यु घटनामा पक्राउ परेका चालकविरुद्ध अनुसन्धानका लागि ५ दिन म्याद थप भएको छ ।
बालिकालाई ठक्कर दिने बा १५ च ४२४४ नम्बरका कार चालक रौतटहकै परोहा नगरपालिका–३ घर भएका २७ वर्षीय शेख मुस्ताखविरुद्ध पाँच दिनको म्याद थप भएको हो ।
बिहीबार दिउँसो रौतहटको इशनाथ नगरपालिका–३ मठिया टोलमा चार वर्षीया बालिका अल्फा खातुनलाई ठक्कर दिँदा उनकाे मृत्यु भएकाे थियाे ।
उक्त कार राष्ट्रिय स्वतन्त्र पार्टीका रौतहट क्षेत्र नम्बर २ का उम्मेदवार शेख सगिरको नाममा रहेको पाइएको प्रहरीले जनाएकाे छ।
सम्बन्धित
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
प्रतिक्रिया