शुक्रबार, माघ २३, २०८२

रुपन्देही–३ का प्रलोपाका उम्मेदवार काराखेती पार्टीबाट निष्कासित

मेरोन्यूज २०८२ माघ २३ गते १७:४२

बुटवल । प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार गोविन्द काराखेती पार्टीबाट निष्कासित भएका छन् ।

शुक्रबार विज्ञप्ति जारी गर्दै प्रलोपाले काराखेतीको साधारण सदस्यता खारेज तथा उम्मेदवारी निष्क्रिय गरिएको जानकारी दिएको हो ।

पार्टी हित विपरीतका व्यक्तिवादी गतिविधिमा संलग्न भएको भन्दै उनलाई पार्टीले कारबाही गरिएकाे प्रलोपाले जनाएकाे छ ।

पार्टीबाट उम्मेदवार बनेपश्चात् पार्टीका विभिन्न नेताहरूसँग अनुचित रकमको माग गरेको तथा श्रीमती जयन्ती काराखेतीलाई अर्को राजनीतिक पार्टीबाट समानुपातिक उम्मेदवार बनाएको पाइएकाले कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया