इस्लामावादकाे एक मस्जिदमा आत्मघाती विस्फोट : ३० जनाको मृत्यु, १३० बढी घाइते

पाकिस्तानको राजधानी इस्लामावादमा रहेको एक शिया मस्जिदमा शुक्रबार भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएकाे छ । उक्त विस्फोटमा १३० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।
एक वरिष्ठ प्रहरी अधिकारीले आफू घटनाबारे बोल्ने अख्तियारप्राप्त नभएको भन्दै नाम नबताउने शर्तमा एएफपीसँग भने, “देशभरिका मस्जिदहरू उपासकहरूले खचाखच भरिएका समय शुक्रबारको प्रार्थनापछि विस्फोट भएको थियो।”
मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको उनले बताए ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले शुक्रबार राजधानी इस्लामावादस्थित शिया समुदायको मस्जिदमा भएको विस्फोटमा भएको हताहतको पुष्टि गर्दै घटनाको निन्दा गरेका छन्।
अर्को एक सुरक्षा स्रोतले एएफपीसँग भनेको छ, “आक्रमणकारीलाई गेटमा रोकिएको समय आक्रमणकारी आफैँले विस्फोट गराएको थियो।”
पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेज अस्पतालमा एएफपीका पत्रकारहरूले कैयौँ वयस्क र बालबालिकालाई स्ट्रेचरमा राखेर वा हात र खुट्टामा समातेर वा उचाल्दै लैजाँदै गरेको देखेको बताए ।
अस्पतालमा चिकित्सक र प्रत्यक्षदर्शीहरूले एम्बुलेन्स र गाडीहरूको पछाडिबाट रगतले लत्पतिएको कपडासहित पीडितहरूलाई उतार्न मद्दत गरेका देखिन्थ्यो ।
घाइतेका नजिकका साथी र आफन्तहरूले अस्पतालको सुरक्षा वार्डमा कडाइ भएपछि आपन्तहरूलाई भेट्न दिनका लागि कराइरहेको देखिन्थ्यो ।
एएफपीका पत्रकारहरूको अर्को टोलीले मस्जिद बाहिर सशस्त्र सुरक्षा बलले घेरा हालेको देखिन्थ्यो, जहाँ जमिनमा रगतको आहाल देखिएको थियो।
सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा मस्जिदको अगाडिको ढोका नजिकै कैयौँ लाश र रातो कार्पेटले ढाकिएको प्रार्थना हलमा भग्नावशेष छरिएको देखिएको छ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले विस्फोटमा संलग्न व्यक्तिहरूलाई पत्ता लगाएर न्यायको कठघरामा ल्याइने बताएका छन्।
अफगानिस्तानसँग सीमा जोडिएको देशको दक्षिणी र उत्तरी दुवै प्रान्तमा पाकिस्तानी सुरक्षा बलले विद्रोह चर्किरहेका बेला कुनै पनि समूहले तत्काल आक्रमणको जिम्मेवारी लिएको छैन।
पाकिस्तान सुन्नी बहुल राष्ट्र हो तर यहाँ शिया समुदायको जनसङ्ख्या १० देखि १५ प्रतिशत रहेको छ र विगतमा यस क्षेत्रमा आक्रमणमा उनीहरू निशाना बनिएका छन्।
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
प्रतिक्रिया