साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै

कास्की, २३ माघ : पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार बङ्गलादेश र भारत भिड्दैछन् ।
पोखरा रङ्गशालास्थित अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा दिउँसो २ः०० बजे यी दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । यही माघ १७ गतेदेखि ‘राउन्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन भएको प्रतियोगितामा साविक विजेतासमेत रहेको बङ्गलादेशले लिगका तीनवटै खेल जितेर नौ अङ्कसहित शीर्षस्थानमा रहेर फाइनल प्रवेश गरेको हो ।
भारतले दुई जित र एक हारसहित छ अङ्कसहित लिगको उपविजेता बनेर फाइनलमा पुगेको हो । बङ्गलादेशले पहिलो खेलमा भुटानलाई १२–०, दोस्रो खेलमा भारतलाई २–० र अन्तिम खेलमा घरेलु टोली नेपाललाई ४–० गोलले पराजित गरेको थियो ।
भारतले पहिलो खेलमा नेपाललाई १–० गोलले हराउँदा दोस्रो खेलमा बङ्गलादेशसँग २–० ले पराजित भयो भने अन्तिम खेलमा भुटानलाई ८–० ले पराजित गरेको थियो । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)को समन्वय तथा अखिल नेपाल फुटबल महासङ्घ (एन्फा)को आयोजनामा पोखरामा पहिलोपटक साफ महिला फुटबल आयोजना गरिएको हो ।
















सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित
नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रतिक्रिया