राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य

काठमाडौँ। राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्न लागेको ‘राष्ट्रिय आर्थिक गणना–२०८२’ लाई सफल र उपलब्धिमूलक बनाउने अभियानमा नेपाल उद्योग परिसङ्घ सरिक हुने भएको छ । राष्ट्रिय आर्थिक गणना सञ्चालन तथा सहकार्य गर्ने सन्दर्भमा आज यहाँ आयोजित अन्तक्र्रियामा परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले अभियानलाई सफल तुल्याउन सम्पूर्ण उद्योगी व्यवसायीका तर्फबाट सक्दो सहयोग हुने बताए ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछानेले आगामी वैशाख २ गतेदेखि असार ८ गतेसम्म सञ्चालन हुने आर्थिक गणनाको सन्दर्भमा तयारीका कामहरू भइरहेको बताए । उनले आगामी चैत १ गतेदेखि ७७ जिल्लामा ८४ वटा कार्यालय स्थापना गरी स्थलगत रूपमा काम सुरू हुने जानकारी दिँदै उहाँले उक्त गणनाका क्रममा तीन हजार ९०० गणक र ५०० सुपरीवेक्षक प्रत्यक्ष सहभागी हुने बताए ।
तथ्याङ्क कार्यालयले मुलुकको समग्र आर्थिक परिदृष्यलाई झल्काउने आर्थिक गणनालाई सार्थक र परिणाममुखी तुल्याउन परिसङ्घसहित व्यावसायिक सङ्घसंस्थाका तर्फबाट आवश्यक सहयोगको अपेक्षा गरेको छ । तथ्याङ्क अधिकृत दीनानाथ लम्सालले अनौपचारिक अर्थतन्त्रअन्तर्गत नियमानुसार दर्ता नभइ सञ्चालनमा रहेका व्यवसायलाई समेत गणनाको दायरामा ल्याई अर्थतन्त्रको वास्तविक आकार पत्ता लगाउने उद्देश्य रहेको बताए । यसअघि २०७५ सालमा पहिलो आर्थिक गणना भएको थियो ।
परिसङ्घका कार्यकारी महानिर्देशक डा घनश्याम पाण्डेको अध्यक्षतामा सम्पन्न अन्तक्र्रियामा उद्योगी व्यवसायीको उल्लेख्य सहभागिता रहेको थियो । यसैबीच सरकारले राष्ट्रिय आर्थिक गणना–२०८२ को तथ्याङ्क सङ्कलन गर्ने आदेश–२०८२ स्वीकृत गर्ने निर्णय आजै सार्वजनिक गरिएको छ ।
















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रतिक्रिया