दार्चुलामा प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ
मेरोन्यूज
२०८२ माघ २७ गते १४:५८

खलङ्गा (दार्चुला) । दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालयअन्तर्गत महाकाली नगरपालिका–४ बाङ्गाबगडमा सामुदायिक प्रहरी बिटमा कार्यरत ३८ वर्षीय प्रहरी हवल्दार योगेन्द्र घर्ती सोमबार राति मृत फेला परेका हुन् । घटना शङ्कास्पद देखिएकाले अनुसन्धानका क्रममा दुई जनालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।
मृत भेटिएका प्रहरी हवल्दार घर्तीको टाउको र निधारमा गहिरो घाउ रहेको छ । उनी महाकाली नगरपालिका–४ का बासिन्दा हुन् । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गौरव महतले घटनामा संलग्न रहेका अन्य केही व्यक्तिको समेत खोजतलास भइरहेको जानकारी दिए ।
सम्बन्धित
















तामाकोशी दुर्घटनाप्रति रास्वपाद्वारा दुःख व्यक्त
नेकपाको प्रतिबद्धता : ५ लाखलाई रोजगारी, १० प्रतिशत आर्थिक वृद्धि
नेपाली कम्युनिष्ट पार्टीकाे ‘प्रतिबद्धतापत्र’ सार्वजनिक
सरकारले आय–व्ययको अनुमान घटायो
निखिल उप्रेती भन्छन् – कलाकारितामै रमाउँछु, राजनीतिमा आउँदिन
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
प्रतिक्रिया