श्रीलङ्कामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाकोृ मृत्यु तीन घाईते
मेरोन्यूज
२०८२ फागुन १ गते १३:५५

श्रीलङ्काको पूर्वी प्रान्तको वालाइचेनाई सहरमा शुक्रबार जङ्गली हात्ती प्रवेश गरी मानिस र सम्पत्तिमा आक्रमण गरेपछि ६८ वर्षीया महिलाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको जनाइएको छ ।
प्रहरीका अनुसार जङ्गली हात्ती वालाइचेनाईका केही गाउँहरूमा प्रवेश गरी बासिन्दाहरूलाई भागाभाग पारेको थियो ।
एउटा हात्तीले आक्रमण गरेपछि खाना बेच्ने महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हाल वन्यजन्तु र कानून प्रवर्तन अधिकारीहरूले हात्तीलाई जङ्गलमा फिर्ता गरी सकेको प्रहरीले बताएको छ ।
पछिल्लो समयमा श्रीलङ्कामा हात्ती आक्रमण एउटा गम्भीर समस्या बनेको छ भने हात्तीको आक्रमणका कारण सन् २०१५ देखि सन् २०२४ सम्म तीन हजार भन्दा बढीको मृत्यु भएको जनाइएको छ ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया