१९ जना उम्मेदवारले लिए बैंक खाता खोल्ने सिफारिस

चितवन । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारमध्ये १९ जनाले बैंक कारोबारका लागि निर्वाचन कार्यालयबाट अनुमति लिएका छन् । जिल्लामा उम्मेदवार रहेका ६४ जनामध्ये उनीहरुले बैंकिङ कारोबारका लागि अनुमति लिएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय चितवनका सूचना अधिकारी नेत्रराज श्रेष्ठका अनुसार बैंकिङ कारोवारका लागि सिफारिस लिनेमा १८ जना राजनैतिक दलका उम्मेदवार हुन भने एक जना स्वतन्त्र उम्मेदवार रहेका छन् । उनका अनुसार यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बैंकिङ खाता अनिवार्य गरिएसँगै यसका बारेमा बुझ्न र सिफारिसका लागि आवश्यक प्रक्रियाबारे जानकारी लिन उम्मेदवार र उम्मेदवारका प्रतिनिधिहरु कार्यालय आउन थालेका हुन । उनले भने, “बैंकिङ खाता खोल्ने विषयमा जानकारी लिन आउने क्रम बढ्दो छ ।”
निर्वाचन आयोगले राजनीतिक दल एवं उम्मेदवारबाट हुने निर्वाचन प्रचारप्रसारको लागि प्राप्त हुने स्वेच्छिक आर्थिक सहयोगको रकम र त्यसको प्रचारप्रसारको लागि राजनीतिक दल एवं उम्मेदवारहरुले गर्ने खर्चलाई मितव्ययी, पारदर्शी बनाई निर्वाचनमा सुशासन कायम गर्न बैंकिङ खाता खोल्नुपर्ने प्रावधान ल्याएको हो ।
यस्तै जिल्लामा रहेका ११ जना उम्मेदवारले आफ्नो घोषणापत्र आयोगमा बुझाएका छन् । श्रेष्ठका अनुसार तीन जना स्वतन्त्र उम्मेदवार र आठ जना राजनीतिक दलका उम्मेदवारले आफ्नो घोषणापत्र बुझाएका हुन् । आयोगले फागुन ३ गतेसम्म उम्मेदवारहरुले आफ्नो घोषणापत्र आयोगमा बुझाउन आग्रह गरेको थियो ।
यसैबिच प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक सामग्रीहरु निर्वाचन कार्यालयमा आउन थालेका छन् । आयोगले जिल्ला निर्वाचन कार्यालयहरुा सामग्री पठाउन सुरु गरेको हो । चितवनमा एक हजार २५० मतपेटिका आईपुगेको श्रेष्ठले जानकारी दिए । अब निरन्तर रुपमा निर्वाचनका सामग्री आउने उनले जानकारी दिए।
जिल्लाका १६२ मतदानस्थल र ४९४ मतदान केन्द्र रहेका छन् । तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा चार लाख ४२ हजार ८२ जना मतदाता छन् । यसमा दुई लाख १७ हजार ३१४ पुरुष र दुई लाख २४ हजार ७६६ महिला एवं दुई तेस्रो लिङ्गी छन्।
















नेशनल लाइफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न
कोही कसैलाई पनि घरबारबिहीन बनाउँदैनौं : रवि लामिछाने
बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
उद्योगी व्यवसायीलाई रविले भने– डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
प्रतिक्रिया