भरूवा बन्दुकसहित दुई जना पक्राउ
मेरोन्यूज
२०८२ फागुन ६ गते १७:१८

दमौली (तनहुँ)। तनहुँको देवघाट गाउँपालिका४ बाट दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवघाट(४ सार्वाङका ४० वर्षीय पूर्णबहादुर गुरूङ र २४ वर्षीय अर्जुन गुरूङ रहेका जिल्ला प्रहरी कार्यालयले जनएको छ ।
इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई रिस्ती खोलाबाट पक्राउ गरी सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए । ग्रामीण इलाकामा गस्ती गर्ने क्रममा निजहरूलाई बन्दुकसहित पक्राउ गरिएको उनले बताए ।
निजहरूका साथबाट बारुद जस्तो देखिने कालोपदार्थ र फलामका टुक्रासमेत बरामद गरिएको छ । पक्राउ परेका दुवै जनाविरुद्ध मङ्गलबार जिल्ला अदालतबाट हातहतियार तथा खरखजानासम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रतिक्रिया