विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौँ पाँचौँ स्थानमा

काठमाडौँ । राजधानी काठमाडौँमा वायुको गुणस्तरको अवस्था निकै खराब रहेको छ । हाल काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष ५ स्थानमा रहेको छ ।वायु प्रदूषण्को तथ्यांक राख्ने आईक्यू एयरका अनुसार शुक्रबार बिहान काठमाडौँको एक्यूआई १८२ रहेको छ । यसको अर्थ काठमाडौँको वायुको गुणस्तर निकै ‘अस्वस्थ’ रहेको छ ।
० देखि ५० एक्यूआईसम्मको हावाको गुणस्तरलाई राम्रो मानिन्छ । त्यस्तै, ५१ देखि १०० एक्यूआईसम्मको हावाको गुणस्तरलाई मध्यम मानिन्छ ।काठमाडौँको हावामा पीएम२.५ को कन्सन्ट्रेसन विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा १६.५ गुणा बढी रहेको आईक्यू एयरको तथ्यांकले देखाएको छ ।
काठमाडौँ उपत्यकाको त्रिपुरेश्वर, बालकोट, कोटेश्वर, कुमारीपाटीलगायत क्षेत्रमा सबैभन्दा धेरै वायु प्रदूषण मापन गरिएको छ ।वायु प्रदूषण बढेसँगै बाहिर व्यायाम वा मोर्निङ वाक नगर्न सुझाव दिइएको छ । त्यस्तै, झ्याल ढोका बन्दा राख्न र एयर प्युरिफायरको प्रयोग गर्न पनि भनिएको छ ।
यसको साथै, बाहिर निस्कन परेमा मास्कको प्रयोग गर्न सुझाव छ । विश्वको सबैभन्दा प्रदूषित सहरको यो सूचीको शीर्ष स्थानमा पाकिस्तानको लाहोर रहेको छ ।
हेर्नुहाेस् सूची :

















राष्ट्रपतिले जारी गरे थप तीन वटा अध्यादेश
पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो
इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड
धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
प्रतिक्रिया