चितवनमा दुई अस्थायी मतदान केन्द्र

चितवन ।आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ दुई अस्थायी मतदान केन्द्र थपिने भएका छन् । निर्वाचन कार्यालय भरतपुरका अनुसार स्थायी रूपमा रहेका मतदान केन्द्रबाहेक कारागार कार्यालय चितवन र जिल्ला समन्वय समिति चितवनमा दुई अस्थायी मतदान केन्द्र राख्न थालिएको हो ।
कारागार कार्यालयमा रहेका कैदीबन्दीका लागि कारागारमा र मतदान केन्द्रमा नखटिएका सुरक्षाकर्मी तथा सरकारी कर्मचारीका लागि जिल्ला समन्वय समितिमा अस्थायी मतदान केन्द्र राख्न लागिएको निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए ।
कारागारमा ११५ जना मतदाता रहेका छन् । जिल्लामा दुई हजार ९७६ कर्मचारी निर्वाचनमा खटिने छन् ।
यहाँ स्थायी मतदान केन्द्र ४९४ वटा कायम गरिएकामा अस्थायी मतदान केन्द्र स्थापना भएसँगै मतदान केन्द्र ४९६ पुगेका छन् ।
कार्कीका अनुसार जिल्लामा १६२ मतदानस्थल कायम गरिएकामा दुई स्थल थपिएको छ । जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमा चार लाख ४२ हजार ८२ जना मतदाता रहेका छन् । यसमा दुई लाख १७ हजार ३१४ पुरुष र दुई लाख २४ हजार ७६६ महिला एवं दुई जना तेस्रोलिङ्गी रहेका छन् ।















कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी
सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
ट्रम्पको चीन भ्रमणले इरान नीति प्रभावित
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
प्रतिक्रिया