बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ

दशरथचन्द (बैतडी) । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा तथा ओसारपसारमा कडाइ गरिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ गरिएको हो ।
यही फागुन ९ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म साँझ ७ः०० बजेपछि मदिर बिक्री वितरणमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भोजलाल थारूले जानकारी दिए ।
मदिराजन्य पदार्थ बिक्री वितरणमा तथा ओसारपसार नियमनका लागि बिक्री वितरणमा र उपभोगलाई व्यवस्थित गर्न व्यवसायीहरूसँग छलफलपछि कडाइ गर्ने निर्णय भएको उनले बताए ।
मौन अवधिमा मदिराजन्य वस्तुको बिक्री वितरणमा पूर्ण रूपमा निषेध गर्ने, फागुन ११ देखि २४ गतेसम्म मदिरा दुवानी तथा ओसारपसार नगर्ने निर्णय गरिएको प्रशासकीय अधिकृत थारूले जानकारी दिए ।
“व्यवसायीहरूसँगको छलफलपछि मदिराजन्य वस्तु बिक्री वितरणमा तथा ओसारपसार नियमन गर्ने निर्णय गरेका छौँ”, उनले भने, “यदि उक्त निर्णयको उल्लङ्घन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुन्छ ।” निर्वाचनका लागि बैतडीमा ११ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
















ट्रम्पको चीन भ्रमणले इरान नीति प्रभावित
बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियाे २९० रनको लक्ष्य
परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
चितवन अटो शो मा फोटोन नेपालको विशेष कमर्शियल मोबिलिटी अफर
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया