अमेरिकामा भीषण हिमपात :५ हजारभन्दा बढी उडान रद्द,६ लाख घरमा विद्युत अवरुद्ध

न्युयोर्क । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा सोमबार आएको भीषण हिमपातले जनजीवन अस्तव्यस्त बनाएको छ। दशकौँपछिको रेकर्ड तोड्ने गरी भएको यो हिमपातका कारण लाखौँ मानिस प्रभावित भएका छन् भने हजारौँ उडानहरू रद्द गरिएका छन्।
राष्ट्रिय मौसम सेवाका अनुसार रोड आइल्यान्ड र म्यासाचुसेट्सका केही भागमा ३३ इन्चसम्म हिउँ जमेको छ। यो रोड आइल्यान्डको इतिहासकै सबैभन्दा ठूलो हिमपात हो । यो हिमपातले सन् १९७८ को रेकर्ड समेत तोडेको छ। न्युयोर्कको सेन्ट्रल पार्कमा १९ इन्चभन्दा बढी हिउँ परेपछि न्युयोर्क राज्यले यात्रा गर्न असम्भव भएको भन्दै चेतावनी दिएको छ।
भीषण आँधी र हिउँका कारण न्युजर्सी र म्यासाचुसेट्ससहितका पूर्वी तटीय राज्यहरूमा ६ लाखभन्दा बढी घर र व्यवसायमा विद्युत आपूर्ति बन्द भएको छ। म्यासाचुसेट्सका गभर्नर मौरा हेलीले दक्षिण–पूर्वी क्षेत्रमा अत्यावश्यक बाहेकका सबै यात्रामा प्रतिबन्ध लगाउँदै सुरक्षित रहन आग्रह गरेकी छन्।बाक्लो हिउँ र तीव्र हावाका कारण सडकमा सवारी साधन चलाउन पूर्ण रोक लगाइएको भए पनि केही क्षेत्रमा प्रतिबन्ध खुकुलो बनाइएको छ।उत्तर क्यारोलिनादेखि मेन राज्यसम्म चेतावनी जारी गरिएको छ। हिमपात मंगलबार बिहानसम्म जारी रहने र केही तटीय क्षेत्रमा थप १ देखि २ फिटसम्म हिउँ जम्न सक्ने मौसमविद्को पूर्वानुमान छ ।



















प्रविधि विस्तारबाट गहुँको उत्पादन बढाइने
एनआईसी एसिया बैंकका ग्राहकलाई भारतमा उपचार गर्दा १० प्रतिशत छुट
वसन्तपुरमा चिर ठड्याइयोः होली पर्व सुरु
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो : एमाले
पोखरा गोल्डकपको उपाधि सहारालाई
प्रतिक्रिया