मुक्तिनाथ विकास बैंकको अन्तरबैंक टेलर क्यूआर सेवा सुरु

काठमाडाैं। मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न अन्तरबैंक टेलर क्यूआर सेवा सुरुवात गरेको छ । योसँगै अब ग्राहकले कुनै पनि बैंकको मोबाइल बैंकिङ्ग एपको प्रयोग गरी मुक्तिनाथ विकास बैंकको टेलरमा भएको क्यूआर स्क्यान गरी सजिलै नगद झिक्न सक्नेछन् ।
सेवाको सुरुवातबाट ग्राहकहरुले परम्परागत रूपमा चेक तथा एटीएमको प्रयोगमार्फत रकम झिक्नुपर्ने बाध्यतालाई कम गर्न मद्दत पुग्ने छ । सेवा बैंकमा खाता नभएका तर अन्य बैंकमा खाता भएका ग्राहकले पनि उपयोग गर्न सक्नेछन् । यो सेवा प्रथम चरणमा बैंकको मुख्य शाखा लाजिम्पाट, पोखराको नागढुङ्गा, कोहलपुर, इटहरी, नारायणगढ र कमलादी शाखा कार्यालयबाट सुरु गरी निकट भविष्यमा देशभरका शाखामा बिस्तार गरिनेछ ।
विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतका जुनसुकै बैंकको एटीएमबाट रकम झिक्दा विशेष छुटको व्यवस्था गरिएको छ । बैंकले हालै मोबाइल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याउनुका साथै अन्तरदेशीय क्यूआर भुक्तानी सेवा पनि सञ्चालनमा ल्याएको छ ।
त्यसैगरी, मोबाइल बैंकिङ, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा लगायतका अन्य काम बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।















यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
रेडमी नोट १५ फाइभ जी नेपालमा, कति पर्छ मूल्य ?
इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्ड कार्यक्रम
काभ्रेमा नौ ‘आपाराधिक उपद्रव’विरुद्ध अभियोग दर्ता
Two arrested on charges of raping minor
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
प्रतिक्रिया