मुक्तिनाथ विकास बैंक २०औं वर्षमा, ४७ कर्मचारी सम्मानित

काठमाडौं । मुक्तिनाथ विकास बैंक बीसौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले विविध कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले केन्द्रीय कार्यालय काठमाडौंको लाजिम्पाट, क्षेत्रीय कार्यालयहरू जनकपुर, नारायणगढ, धादिङ, पोखरा, इटहरी, बुटवल र लम्कीमा वृहत रक्तदान कार्यक्रममार्फत कुल ७५५ युनिट रगत संकलन गरी स्थानीय रक्तसञ्चार गृहलाई हस्तान्तरण गरेको छ ।
सोही अवसरमा ‘सन् २०५० मा मेरो नेपाल’ शीर्षकमा कक्षा ८ देखि १० सम्मका विद्यार्थीबीच राष्ट्रव्यापी चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितमा देशभरका कुल ७९१ विद्यार्थी सहभागी भएका थिए । सर्वोत्कृष्ट चित्रको सिर्जनाकार काठमाडौंबाट रिया खड्काले प्रथम स्थान हासिल गरी ५० हजार नगद र प्रमाण पत्र प्राप्त गरिन् । त्यस्तै हरेक क्षेत्रीय कार्यालय अन्तर्गतका उत्कृष्ट चित्रकारलाई जनही १० हजार नगद र प्रमाण पत्र प्रदान गरिएको छ ।
बैंकले सात वटै प्रदेशलाई समेटिने गरी विभिन्न विद्यालयका कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति, विभिन्न विद्यालयका विद्यार्थीलाई न्यानो कपडा तथा स्टेसनरी सामग्री वितरण, बागमती सफाई महाअभियानलाई सफाई सामाग्री हस्तान्तरण गरिएको छ ।
त्यस्तै गैरनाफामूलक सामाजिक संस्थाहरु, सेवा आश्रमलाई न्यानो सिरक, डस्नाको सहयोग, फोहोर व्यवस्थापनका लागि डस्टबिन वितरण, हुम्ला जिल्लाको अदानचुली गाँउपालकिाको दुर्गम गाउँका गरिब तथा विपन्न वर्गका व्यक्तिलाई जीविकोपार्जनका लागि सिलाई मेसिनहरु वितरण, ई–नेबल नेपाल मार्फत बालबालिकाहरुलाई कृतम हातहरु हस्तान्तरण जस्ता विभिन्न सामाजिक कार्यहरु सम्पन्न गरेको छ ।
वार्षिकोत्सवका अवसरमा लाजिम्पाटमा आयोजित कार्यक्रममा बैंकको संस्थागत गीत विमोचन गर्नुका साथै संस्थामा १० वर्ष सेवा अवधि पूरा गरेका ४७ जना कर्मचारीलाई सम्मान पनि गरिएको थियो ।
















आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया