आज साँझ उपत्यकामा हल्का वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज साँझसम्म उपत्यकालगायत, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । यी स्थानमा बादल लाग्नुका साथै हल्का मेघगर्जन सुरु भएको महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् विभूती पोखरेलले माथिल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यूनचापीय रेखाका कारण आज देशका विभिन्न भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको बताएकी छन् । “आज साँझसम्म वर्षाको सम्भावना रहे पनि पश्चिमी न्यूनचापीय रेखा कमजोर हुँदै जाने भएकाले क्रमिक रूपमा सुधार हुने छ,” उनले भनिन् ।
पोखरेलका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ । साथै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।
तराईका केही क्षेत्रमा भने बिहीबार बिहानको समयसम्म नै हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यसले विशेषगरी सवारी आवागमन र हवाई उडानमा सामान्य असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
















धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
पाकिस्तानमा महँगीको असर गहिरिँदै, अप्रिलमा मुद्रास्फीति उच्च
सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता
नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
प्रतिक्रिया