व्यक्तिगत रिसिइबीका कारण माओवादी नेतालाई गोली हान्ने २ पक्राउ

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–३ सडवास्थित सडकमा नेकपा (माओवादी केन्द्र) का नेता दीपक पाण्डे र एक भारतीय नागरिकमााथि गोली प्रहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कापिलवस्तु–१ बस्ने ३९ वर्षीय ओमप्रकाश यादव र वडा नं २ बस्ने ३३ वर्षीय साकिरअलि पाखिया छन् ।
पाण्डे र भारत सिदार्थनगर ग्राम चेतरी बजार बस्ने २६ वर्षीय ईयाज अख्तर मुसलमानलाई गोली प्रहार गरी घाइते बनाएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
लु ९ प ८५२१ नम्बरको मोटरसाइकलमा जर्लैया खोलाबाट तौलिहवातर्फ जाँदै गरेका दिपक र इयाजमाथि बुधबार राति गोली प्रहार भएको थियो ।
दिपकसँगको व्यक्तिगत रिसिइविका कारण हत्या गर्ने योजना बनाई ओम प्रकाश र साकिरअलिले उनीहरुलाई गोली प्रहार गरी फरार भएको खुल्न आएको कपिलवस्तुका प्रहरी उपरिक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए ।
उनीहरुको साथबाट प्रहरीले मोटरसाइकल, २ थान मोबाइल, १ थान गोलीको खोका र १ थान जंगी राउण्ड बरामद भएको छ ।
प्रतिक्रिया