विद्यार्थीसँग एमाले अध्यक्ष ओली

दमक। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापाको दमकमा विद्यार्थीसँग छलफल गर्ने भएका छन् ।
आज बिहान ११ बजे दमक स्थित होटल कोरोनेशनमा यस क्षेत्रका विभिन्न कलेज तथा विद्यालयका विद्यार्थीसँग छलफल गर्ने कार्यक्रम तय भएको हो । निर्वाचन लक्षित भेटघाटको क्रममा आज पहिलो कार्यक्रम विद्यार्थीहरूसँग छलफल गर्ने रहेको जनाइएको छ ।झापा निर्वाचन क्षेत्र नम्बर- ५ नेकपा एमाले निर्वाचन प्रचार उपसमितिका संयोजक इन्द्र भण्डारीका अनुसार विद्यार्थीहरूका अहिलेका समस्या तथा जिज्ञासा सुन्ने छलफलमा उठेका विषय माथि अध्यक्ष ओलीले अन्तरकृया गर्नेछन् । कार्यक्रममा यस क्षेत्रका लगभग ३ सयबढी विद्यार्थी सहभागि रहने अनुमान गरिएको छ ।
दमकमा विद्यार्थीहरूसँगको कार्यक्रम सम्पन्न गरे लगत्तै अध्यक्ष ओली आज दिनभरी नै झापाको गौरादह नगरपालिका अन्तर्गतका बिभिन्न स्थानमा मतदातासँग भेटघाटमा पुग्ने कार्यक्रम रहेको जनाइएको छ। घोषित कार्यक्रम अनुसार गौरादह नपा ४ को खाङ्टामा पुगेर साढे १ बजे स्थानीयसँग भेटघाटको कार्यक्रम रहेको छ । उक्त कार्यक्रम पछि सोही वडाको मियाँ टोलीमा पुगेर भेटघाट गर्नेछन् । भेटघाटको क्रममा स्थानीयका समस्या सुन्ने र समाधानको विषयमा अध्यक्ष ओलीले जवाफ दिने कार्यक्रम रहेको छ ।
मियाँटोलीको भेटघाट पछि उनले सोही वडा अन्तर्गतको ३ बजे दुर्गाचौक मजुवा पुगेर मतदातासँग छलफल गर्नेछन् । यसरी नै साढे ३ बजे फकिरढिपमा भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
समूहगत रुपमा भेटघाट गर्ने कार्यक्रममा स्थानीय बासिन्दाका समस्या, गुनासो सुन्ने समाधानका विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आफ्नो निर्वाचन क्षेत्रका टोलटोलमा पुगेर मसिनो गरि जनताका कुरा सुन्ने र आफ्नो धारणा राख्दै आएका छन् ।
















विद्यार्थीसँग एमाले अध्यक्ष ओली
झापामा चैते धान रोपाइँ सुरु
स्याङ्जाका ८ पालिकामा आज सार्वजनिक बिदा
आईसीसी टी–२० विश्वकप : आज सेमिफाइनल पुगिसकेको इंग्ल्यान्ड र संघर्षमा रहेको न्युजिल्यान्ड भिड्दै
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
क्रिकेटर करण केसीले गरे बिहे
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
प्रतिक्रिया