गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु

गाजाको नागरिक रक्षा मन्त्रालयले शुक्रबार इजरायली आक्रमणमा कम्तिमा पाँच जनाको मृत्यु भएको बताएको छ ।
इजरायल र हमासले सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै गत महिना दोस्रो चरणमा प्रवेश गरेको अमेरिकी मध्यस्थताको युद्धविरामको बावजुद प्यालेस्टिनी क्षेत्रमा हिंसा जारी छ ।
हमास अधिकारीहरूलगायत उद्धार बलको रूपमा काम गर्ने नागरिक सुरक्षा एजेन्सीले एएफपीलाई मध्य गाजामा शुक्रबार भएको हवाई आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको र एक जना गम्भीर घाइते भएको बताएको छ ।
मध्यरातको समयमा गाजा पट्टीको दक्षिणमा भएको ड्रोन आक्रमणमा तीन जनाको मृत्यु हुनुका साथै धेरै जना घाइते भएको एजेन्सीले जनाएको छ ।
अक्टोबर– १० देखि लागु भएको युद्धविरामका सर्तहरू अन्तर्गत, इजरायली सेनाहरू निर्धारित स्थानहरूबाट फर्किए पनि आधा भन्दा बढी क्षेत्र नियन्त्रणमा अझै पनि नियन्त्रणमा रहेको जनाइएको छ ।
हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले युद्धविराम सुरु भए पछि यस क्षेत्रमा निरन्तर आक्रमण जारी रहदा कम्तीमा ६०१ जनाको मृत्यु भएको बताएको छ ।
यसै विच इजरायली सेनाले यो अवधिमा भएका आक्राणमा कम्तीमा चार जना सैनिक मारिएको बताएको छ ।
गाजामा मिडिया प्रतिबन्ध र सीमित पहुँचले स्वतन्त्र रूपमा मृतकको सङ्ख्या प्रमाणित गर्न वा स्वतन्त्र रूपमा वास्तविक समाचार सम्पे्रसण गर्नबाट रोकेको एएफपिले जनाइएको छ ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया