लुयान नेपालकाे होली अफर : इलेक्ट्रिक स्कुटरमा १५ हजारसम्म नगद छुट

लुयान नेपालले होली पर्वको उपलक्ष्यमा इलेक्ट्रिक स्कुटरमा नगद छुटको अफर सञ्चालन गरेको छ ।
लुयान नेपालले बिक्रि गर्ने सारथी ब्राण्डको विँगर र इकुटर स्कुटरको नगद खरिदमा रु. १५ हजारसम्मको छुटको व्यवस्था गरेको छ भने लुयान ब्राण्डको एमएनके३ प्रो स्कुटरको खरिदमा रु १० हजारसम्मको छुटको व्यवस्था गरेको छ ।
नगद छुटसँगै एउटा प्रिमियम हेलमेट र रेनकोट पनि उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
यसका लागि कम्पनीको मुख्य शोरुम नागपोखरी, नक्साल तथा अन्य शोरुमबाट स्कुटर खरिद गर्न सकिनेछ ।
कम्पनीले नेपाली बजारमा विगत ७ बर्षदेखि विभिन्न इलेक्ट्रिक स्कुटरहरुको बिक्रि र बिक्रिपछिको सेवा दिँदै आइरहेको छ । नेपाली बजारमा गुणस्तरीय स्कुटर सुपथ मुल्यमा दिने कम्पनीको रुपमा लुयान नेपाल परिचित छ ।
नेपालका डेडिकेटेड इलेक्ट्रिक स्कुटर कम्पनीहरुमा सबैभन्दा बढी सर्भिस सेन्टर र चार्जिङ्ग सेन्टर पनि लुयान नेपाल कै छ । रु १ लाख ४० हजार देखि लिएर २ लाख ६१ हजारसम्मका इलेक्टिक स्कुटर बिक्रि गर्दै आइरहेको यो कम्पनीले आउँदो नयाँ बर्षमा लामो रेन्ज दिने इलेक्टिक स्कुटर लञ्च गर्ने योजना बनाएको जनाएको छ ।
करिब ३ सय किलोमिटर रेन्ज दिने उक्त स्कुटरको लागि अहिले परिक्षण चलिरहेको बताइएको छ ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया