स्वास्थ्य सामग्री महङ्गोमा बिक्री गर्ने मेडिकल सिल
मेरोन्यूज
२०७८ जेठ ८ गते ८:०७

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडामा बजारमा मूल्यभन्दा दोब्बरमा स्वास्थ्य सामग्री बेचेको आरोपमा एक मेडिकल सिल गरिएको छ । शुक्रबार जिल्ला प्रशसन कार्यलय मकवानपुरले गरेको अनुगमनमा मेडिकलले अक्सिमिटर बजार मूल्यभन्दा निकै महङ्गोमा बिक्री गरेको जनाउँदै राप्तीरोडमा रहेको ‘सान्वी मेडिको’ मेडिकल सिल गरेको हो ।
साथै मेडिकलका स्वास्थ्यकर्मी हेटौंडा–७ की २५ वर्षीया नीशा आचार्य र हेटौंडा–९ की १८ वर्षीया मनिता मल्ललाई नियन्त्रणमा लिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा सहित उपभोक्ता हित तथा संरक्षण मञ्च सहितको टोलीले अनुगमन गरेको थियो । सिल गरिएको मेडिकललाई कालोबजारी अन्तर्गतको मुद्दा चलाइने जनाइएको छ । उनीहरुलाई सोधपुछको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर लगिएको छ । रासस
सम्बन्धित











कञ्चनपुरमा करेन्ट लागेर महिलाको मृत्यु
आजकाे सुन चाँदीकाे मूल्य
ट्रम्प र जेलेन्स्कीबिच वार्ता : ९० प्रतिशत शान्ति योजनामा सहमति
जिल्ला प्रहरी काठमाडौँद्वारा ‘हाम्रो प्रहरी’ अभियान सुरु
रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
प्रतिक्रिया