मध्यपूर्वको द्वन्द्व अन्त्य गर्न कूटनीतिक उपाय अपनाउन चीनको आह्वान

चीनले मध्यपूर्वमा दिनानुदिन भड्किरहेको द्वन्द्व अन्त्य गर्न युद्धविराम तथा कूटनीतिक वार्ताको माध्यम प्रयोग गर्न आह्वान गरेको छ । हाल इजरायल र अमेरिकाले इरान र लेबनानमा निरन्तर आक्रमण गर्दै आएका छन् भने द्वन्द्व क्षेत्रीय छिमेकी देशहरूसम्म फैलिएको छ ।
विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पत्रकार सम्मेलनमा द्वन्द्व अन्यका लागि सबैभन्दा पहिले सैन्य कारबाहीको तत्काल अन्त्य र द्वन्द्वको फैलावट रोक्नु पर्ने जनाउँदै वार्ताको माध्यमबाट समस्याको समाधान गर्न आग्रह गरेकी छन् ।
तेहरानमा द्वन्द्वको परिणामस्वरूप एक जना चिनियाँ नागरिक मारिएको उनले बताइन् । इजरायल र अमेरिकाले इस्लामिक गणतन्त्रको सर्वोच्च नेताको हत्या गरेको छ भने अपरेसन र आक्रमण गरिरहेको छ ।
विदेश मन्त्रालयले इरानमा रहेको चिनियाँ दूतावासलाई पीडित व्यक्ति र परिवारलाई सहयोग गर्न निर्देशन दिएको माओले बताइन् । बेइजिङले गत हप्ता आफ्ना नागरिकहरूलाई वर्तमान सुरक्षा अवस्थाको बारेमा सजग गराउँदै इरानको यात्रा नगर्न चेतावनी दिएको थियो ।
यसैबीच सोमबारसम्म तीन हजारभन्दा बढी चिनियाँ नागरिक इरान छोडेर गएको जनाइएको छ । इरानको रिभोलुसनरी गार्डसले इजरायल र अमेरिकाविरुद्ध इतिहासमा सबैभन्दा हिंस्रक अपरेसन सुरु गर्ने वाचा गरेको छ ।
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
आज आइतबार कस्तो रहला तपाईँको भाग्य ? हेर्नुहोस् राशिफल
अमेरिकी प्रतिनिधिमण्डल नपुग्दै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया