निर्वाचनमा धार्मिक सद्भाव बिथाेल्न खाेज्ने तीनजना सुतली बमसहित पक्राउ

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी आतंक फैलाउने तथा सम्भावित धार्मिक द्वन्द्व निम्त्याउने प्रयास गर्ने समूहलाई पर्सामा ९ वटा सुतली बम र सुँगुरको टाउको सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चुनावको बेला हिंसा भड्काउने उद्देश्यले सुँगुरको टाउको र सुतली बम बोकेर हिँडेकाहरुलाई प्रहरीले गएराति पक्राउ गरेको हो ।
समूहले वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित मस्जिदमा सुंगुरको टाउको फाल्ने, पटाका प्रयोग गरी आतंकित बनाउने योजना बनाएको सूचनापछि सुरक्षाकर्मी सक्रिय भएको हो ।
उपसेनानी विकाश मरहट्टाको कमाण्डमा खटिएको टोलीले वीरगंज–१६ छप्कैया चोकबाट गरेको पिछामा राति १२ः३० बजेदेखि २ः३० बजेसम्ममा समूहका सदस्य र बन्दोबस्तीको सामान नियन्णमा लिएर पर्सा प्रहरीलाई बुझाएको छ ।
सेनाले वीरगंज–१६ का १६ वर्षीय कृष्ण यादव, इनरुवाका १८ वर्षीय रोहित पटेल र इनरुवाकै १६ वर्षीय अवजित यादवलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई पर्सा प्रहरीमा बुझाएको छ । उनीहरुका साथबाट ठूलोमात्रामा सुतली बम, मोबाइल, पावर बैंक, चार्जर, सेतो रंगको तार, सुँगुरको टाउको बरामद भएको छ ।
















विपद् आउनु अघि व्यवस्थापनको तयारीमा जुट्न निर्देशन
नेशनल लाईफ र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच मेडिकल सेवा सम्झौता
पोखरामा प्रहरीको ‘स्वीप अप्रेशन’, एकैरात १२२ जना पक्राउ
मुलुकभर बढ्यो तापक्रम, सतर्कता अपनाउन अनुरोध
लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
यूएईसँगको खेलमा नेपाल पराजित
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
प्रतिक्रिया