पूर्वी लेबनानको बालबेकमा इजरायलको आक्रमण, चार जनाको मृत्यु
मेरोन्यूज
२०८२ फागुन २० गते १३:१४

इजरायली विमानले पूर्वी लेबनानको बालबेक सहरको आवासीय भवनलाई लक्षित गरी आक्रमण गर्दा चार जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएको जनाइएको छ ।
उद्धार टोलीहरूले अझै पनि क्षेतिग्रस्त भवनको भग्नावशेषमुनि फसेका मानिसहरूलाई निकाल्ने काम गरिरहेको लेबनानी राष्ट्रिय समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।
इजरायली सेनाले यस अघि नै लेबनानका बासिन्दाहरूका लागि निकासी चेतावनी जारी गरेको थियो ।
यस अघि लेबनानको स्वास्थ्य मन्त्रालयले माउन्ट लेबनान गवर्नरेटको आरामौन र सादियातका क्षेत्रलाई लक्षित गरी गरेको इजरायली हवाई आक्रमणमा छ जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको घोषणा गरेको थियो ।
सम्बन्धित

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
प्रतिक्रिया