दुतावासका कर्मचारीलाई पाकिस्तान छोड्न अमेरिकाकाे आदेश

अमेरिकाले पाकिस्तानी वाणिज्य दूतावासमा कार्यरत कर्मचारीलाई पाकिस्तान छोड्न आदेश दिएको छ, भने साउदी अरब, साइप्रस र ओमानमा मिसनहरु छोड्न अनुमति दिएको छ ।
अमेरिकी विदेश मन्त्रालयले पाकिस्तानस्थित अमेरिकी दुतावासमा कार्यरत अमेरिकी सरकारी कर्मचारी , लाहोर र कराचीको अमेरिकी वाणिज्य दूतावासका कर्मचारी र उनीहरुका परिवारका सदस्यहरूलाई सुरक्षा जोखिमका कारण पाकिस्तान छोड्न आदेश दिँदै विज्ञप्ति जारी गरेको जनाइएको छ ।
यद्देपी राजधानी इस्लामाबाद स्थित दूतावासको सुरक्षा स्थितिमा भने कुनै परिवर्तन नभएको मन्त्रालगले बताएको छ ।
यस अघिनै मन्त्रालयले अमेरिकी सरकारी कर्मचारीहरू र उनीहरुको परिवारका सदस्यहरूलाई सुरक्षा जोखिमका कारण साउदी अरेबिया, ओमान र साइप्रस छोड्न निर्देशन दिएको थियो ।
यसै बीच मन्त्रालयले मध्यपूर्व छोडेर संयुक्त राज्य अमेरिका फर्कन चाहने नागरिकहरूलाई आवाश्यक सहयोग गर्न कदम चालेको समेतजानकारी दिएको छ ।
पछिल्लो केही दिनमा नौ हजार भन्दा बढी अमेरिकी नागरिकहरू मध्य पूर्वबाट सुरक्षित फर्केको जनाइएको छ भने इजरायल बाट फर्किनेहरु मात्र ३०० भन्दा बढी छन् ।
जेनेभामा अमेरिकी दूतहरूले आणविक सम्झौताको विषयमा इरानसँग छलफल गरेको दुई दिन पछि संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार आक्रमण सुरु गरेका थिए भने इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको आक्रमणमा परी मृत्यु भएको छ ।
त्यस लगतै इरानले मध्यपूर्वमा जवाबी आक्रमण विस्तार गरेको छ, मङ्गलबार संयुक्त राज्य अमेरिका र इजरायलले तेहरानका प्रमुख साइटहरू ध्वस्त पारेको जनाइएको छ भने अमेरिकी वाणिज्य दूतावासमा आक्रमण गरेको छ ।
















एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ओलीको नयाँ भर्सन बालेन सरकार- हर्क साम्पाङ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
इरान युद्धले विश्व अर्थतन्त्रमा दबाब
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
प्रतिक्रिया