मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको परिणाम : आयोग
मेरोन्यूज
२०८२ फागुन २० गते १५:५२

काठमाडाैं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मतगणना सुरु भएको २४ घन्टा भित्रै प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने दाबी गरेको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा मतपेटिका संकलन भएको २४ घन्टा भित्रै प्रत्यक्ष तर्फको मतगणना सम्पन्न भएर परिणाम आउने बताए।
आयुक्त भण्डारीले भने, “पहाडी र हिमाली भूभागबाट मतपेटिका सकेसम्म छिटो संकलन गर्छौं । पहिलो हुनेतर्फ मतगणना प्रारम्भ भएको २४ घण्टाभित्रै परिणाम आउँछ ।” उनले समानुपातिकतर्फको परिणाम पनि पनि छिट्टै आउने बताए ।
निर्वाचन आयोगले १ सय ६५ निर्वाचन क्षेत्रलाई मतगणनाका सम्बन्धी परिपत्र जारी गरिसकेको छ। आयोगले मतगणना छिटो बनाउन प्राविधिक व्यवस्था गरेको जनाएको छ।
सम्बन्धित

















अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो
गोरखामा चट्याङ लागेर युवकको मृत्यु
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया